नागरिक एपको फुल भर्सन सार्वजनिक, ५ लाख भन्दा बढी पटक डाउनलोड

नागरिक एप

आइतबार सरकारले डिजिटल नेपालमा सबैभन्दा ठूलो परियोजनाका रुपमा दिएको नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको छ । आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरमा बेटा भर्सन ल्याएको झन्डै साढे तीन महिनापछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एपको फुल भर्सन सार्वजनिक गरिको हुन् । सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिने उद्देश्यले गत माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरेको थियो । नागरिक एप सार्वजनिक भएको हप्तादिन नहुँदै ३ लाख भन्दा बढिले एप डाउनलोड गरिसकेका थिए ।

बेटा भर्सनमा रहेका समस्याहरुलाई समाधान गरेर एप सार्वजनिक गरेको मन्त्री गुरुङले बताएका छन् । चर्चासँगै डेटा सेक्युरिटीको बारेमा धेरैको चासो रहेको थियो । पूर्ण तयारीविना महत्वपूर्ण सूचना रहेको एप सार्वजनिक गरेको भनेर आलोचनासमेत भएको थियो । प्रायः प्रयोगकर्ताले एपमा खाता खोल्न नसकेको, एप क्र्यास हुने, प्रमाणीकरण गर्न नसकेको, शैक्षिक विवरण फेला नपरेको, स्मार्ट सीमबाट दर्ता हुन् नसकेको गुनासो गरेका थिए । परीक्षणको रुपमा नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको सरकारले सुरुमा यसमा ९ ओटा सेवाहरु समावेश गरेको थियो ।

पछि एपमा अन्य सेवाहरु थप गर्दें लैजाने सरकारको योजना थियो । हाल एप मार्फत् प्यान, नागरिकता, राहदानी, शैक्षिक विवरण, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोषको जानकारी लिन सकिन्छ । साथै एप मार्फत् नै गुनासो समेत दर्ता गराउन सकिने व्यवस्था छ ।

एपबाटै नयाँ प्यान नम्बर समेत लिन सकिने छ । अब सरकारी सेवा लिनको लागि नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट एपले अन्त्य गरिदिएको दावी सरकारको छ ।

गत वर्ष २०७७ सालको माघको पहिलो साता परीक्षणका रुपमा सार्वजनिक भएको नागरिक एप ५ लाख २५ हजार पटक डाउनलोड भएको छ । परीक्षणका लागि सार्वजनिक भएको चार महिने अवधिमा उक्त पटक डाउनलोड भएको हो । यस्तै, यस अवधिमा १ लाख ९१ हजार जनाले एपमा आफूलाई दर्ता गराइसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक