बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुगे राष्ट्रपतिलाई भेट्न शीतल निवास

काठमाडौँ, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

स्थायी कमिटी बैठकमा के निर्णय भयो बाहिर आएको छैन । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएर छलफल गरेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक