मास्कको मुल्य दोब्बर लिएको पाईएपछि २ लाख रुपैंया जरिवाना

मास्क

काठमाडौं, १९ बैशाख । सरकार द्वारा आज गरिएको बजार अनुगमनका क्रममा मास्कको मुल्य दोब्बर लिएको पाईएपछि एउटा सप्लायर्स कारवाहीमा परेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित अल फाईन सर्जिकल सप्लायर्सले प्रति पिस ४ रुपैंया ४६ पैसामा थोक खरिद गरेको डिस्पोजेबल सर्जिकल मास्क ८ रुपैंया ३८ पैसामा बिक्री गरेकोमा कारवाही गरिएको हो ।

उपभोक्ता संरक्षण एन २०७५ को दफा १६ दुईको क विपरित अनुचित व्यापारिक क्रियाकलाप गरी कसुर गरेको पाईएकोले २ लाख रुपैंया जरिवाना गरिएको छ ।

त्यस्तै, गुल्मीमा निषेधाज्ञा उल्लंघन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार निषेधाज्ञाको पहिलो दिन सडकमा निकालिएका ३५ वटा मोटरसाइकल र ४ वटा जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञामा तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचकका क्रममा ती सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई चिदिचौरमा राखिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक