अक्सिजन अभाव हुँदा छटपटाउन थाले कोरोना बिरामी, एक जनाको मृत्‍यु

दाङको बेलझुण्डी मा रहेको कोरोना विशेष अस्पताल

दाङ, १९ बैशाख । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले जानकारी दिए ।

कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताए ।

अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक लाइनमा बस्दा ढिलाइ भएको र यता बिरामीको ज्यान गएको वलीले बताए । अहिले भर्खरै ट्रकले ६५ वटा सिलिन्डर अक्सिजन ल्याएको तर यसले पनि राति ८ बजे सम्मलाई मात्रै पुग्ने वलीको भनाइ छ ।

‘अक्सिजन अभाव भएर एक जनालाई १५ मिनेट मात्रै दिने र त्यै सिलिन्डरको अक्सिजन अर्को बिरामीलाई दिने गरेर पालो मिलाएका छौँ, अक्सिजन कम हुँदा केही छटपटीमा हुनुहुन्छ, अवस्था डरलाग्दो छ’, वलीले भने । अस्पतालमा दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव भएको हो ।

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले समयमै ध्यान नदिँदा आइतबार बिहान देखि अस्पतालमा स्टक सकिएको छ । बिरामी अक्सिजनको अभावमा बेडमै छटपटाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन अभाव भएपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित छन् ।

४२ बेडको सो अस्पताल दबाबका कारण एक सय बेडको संचालन गर्ने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पतालमा ५८ बेड छन् । अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नभएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए ।

‘शनिबारदेखि प्रदेश सरकार जिल्लामा निकायलाई हारगुहार गरेको भएपनि अहिलेसम्म कसैले सुनेको छैन, उनले भने, ‘अक्सिजनको अभावमा बिरामी बेडमा छटपटाइ रहेका छन् । हामीसँग अहिले अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन ।’

अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए । अक्सिजन अभाव भएपछि अब अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist