शंकर पोखरेलको शपथ रोक्न माग गर्दै विपक्षी दलका सांसद पुगे प्रदेश प्रमुखलाई भेट्न

शंकर पोखरेल

काठमाडौं, १९ बैशाख । आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न माग गर्दै विपक्षी दलका सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट गरेका छन् । प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसहरुले आफूहरुसँग ४० सांसदको हस्ताक्षर रहेको भन्दै शपथ रोक्न माग गरेका हुन् ।

प्रदेश प्रमुख यादवले कानुनी प्रक्रिया अनुरुप अगाडि बढ्ने बताएको नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । उनले ४ दलको संयुक्त सरकार बन्ने दाबी गर्दै यसको नेतृत्व कुलप्रसाद केसीले गर्ने बताए । उनले आफूहरुसँग ४३ जनाको साथ रहेको दाबी गर्दै अहिले ४० जनाको हस्ताक्षर बुझाएको बताए ।

उनले नेकपा एमालेकै ४/५ सांसदले पनि आफूहरुलाई सहयोग गर्ने दाबी छ । उनले शंकर पोखरेल विश्वासको मत लिनबाट डराएको आ’रोप लगाए । उनले विश्वासको मत लिन नसकेर सांसद अधिवेशन अन्त्य गराएको आ’रोप समेत लगाए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook