आफ्ना देशबासीलाई खोप लगाउनेमा हामी दक्षिण एशियामा भारतपछिको दोस्रो मुलुक हौं : ओली

kp-sharma-oli

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै देशभरका सबै ठूला अस्पताल र मेडिकल कलेजलाई अब कोभिड अस्पताल बनाइने बताएका छन् । कोरोना भाइरस फैलन नदिन सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्य गर्ने व्यवस्था गरेको उनले बताए । ओलीले सबै जनतालाई सचेत रहन आह्वान समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको दाबी गरेका छन् ।

उनले शून्यको संख्यामा रहेको पिसिआर परीक्षण ल्याब संख्या क्रमशः बढाउँदै लगिएको बताए । ‘हाल सरकारी र निजी स्तरका गरी ८७ स्थानमा पिसिआर परीक्षण हुने गरेको छ’, उनले बताए ।

अप्ठ्यारोकै बीचमा आफूहरुले सबैलाई कोभिड विरुद्धको निशुल्क खोप दिने प्रक्रिया सुरु गरिसकेको उनले बताए । ‘आफ्ना देशबासीलाई खोप लगाउनेमा हामी दक्षिण एशियामा भारतपछिको दोस्रो मुलुक हौं’, उनले भने ।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने पनि उनले बताए । ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । उनले नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमितको उपचार गरिने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक