जसपा नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढ्यो

जनता समाजवादी पार्टी (जसपा) नेपाल

काठमाडौं, २१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व प्रधानमन्त्री ओलीप्रति नरम छ भने उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनतिर देखिएको छ ।

यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर पक्षले राजनीतिक सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरूलाई फोन गरेर जानकारी सङ्कलन गरिरहेको तथा मङ्गलबार सम्म काठमाडाैं आउन सूचना दिइएको जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक