हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत एक संक्रमित महिलाको मृत्यु

मृत्यु

काठमाडौं, २१ बैशाख । हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ बस्ने ४१ वर्षकी महिला रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ ५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको मंगलबार विहान ४ बजेको समयमा मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको लक्षण देखिएपछि मृतक महिलाले सोमबार बिहान पिसिआर परिक्षणका लागि हेटौंडा अस्पतालको ल्याबमा स्वाब दिएर घर गएको र पछि स्वास प्रश्वासमा समस्या पछि उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी थिइन् ।

उनको इमर्जेन्सी वार्डमा नै हाइ फ्लो अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । उनको मृत्यु पश्चात पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा .श्रेष्ठले बताए । यो संगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा ४ जनाको मृत्यु भइसकेको छ ।

यस अघि आइतबार राति हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएका थियो भने सोमबार बिहान बाराका एक पुरुष र महोत्तरीको महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भइसकेको छ ।

त्यस्तै, भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

4 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist