भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु

death

काठमाडौं, २१ बैशाख । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

त्यस्तै, हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ बस्ने ४१ वर्षकी महिला रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ ५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको मंगलबार विहान ४ बजेको समयमा मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको लक्षण देखिएपछि मृतक महिलाले सोमबार बिहान पिसिआर परिक्षणका लागि हेटौंडा अस्पतालको ल्याबमा स्वाब दिएर घर गएको र पछि स्वास प्रश्वासमा समस्या पछि उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी थिइन् ।

उनको इमर्जेन्सी वार्डमा नै हाइ फ्लो अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । उनको मृत्यु पश्चात पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा .श्रेष्ठले बताए । यो संगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा ४ जनाको मृत्यु भइसकेको छ ।

यस अघि आइतबार राति हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएका थियो भने सोमबार बिहान बाराका एक पुरुष र महोत्तरीको महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भइसकेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक