काठमाडौका अस्पतालमा बेड नपाएपछि कोरोना संक्रमितलाई बागलुङ लगियाे

upachar hudai

बागलुङ, २१ बैशाख । काठमाडौका अस्पतालमा बेड नपाएपछि एकजना कोरोना संक्रमितलाई उपचारका लागि बागलुङ लगिएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–३ घर भई काठमाडौ बस्दै आएकी ३१ वर्षीया महिलालाई बागलुङको धौलागिगि अस्पतालमा लगिएको हो ।

काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएपछि धौलागिरी अस्पतालमा बेडको व्यवस्थापन गरी ल्याइएको हो । काठमाडौंका अस्पतालहरुमा बिरामीहरुले बेड पाउन समस्या भएपछि उपचारका लागि एम्बुलेन्स मार्फत बागलुङको धौलागिरि अस्पताल ल्याएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

उनको गएराति नै धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको छ । संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको अस्पतालले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक