सवारी दुर्घ’टनामा परेर प्रहरी जवान खड्काको मृत्यु

मृत्यु

विराटनगर, २२ बैशाख । सुनसरीको इटहरीमा भएको सवारी दुर्घ’टनामा परेर इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत प्रहरी जवान कमलबहादुर खड्काको मृत्यु भएको छ । ३३ वर्षीय खड्काले चलाएको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअप गाडीले ठ’क्कर दिँदा मंगलबार राति दुर्घ’टना भएको हो ।

दुर्घ’टनामा परेर ग’म्भीर घा’इते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृ’त घोषित गरेको थियो । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घ’टनाको अनुस’न्धान थालिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक