गुल्मी र विराटनगर थप ३ कोरोना संक्रमितको मृत्यु

Covid-19-death

काठमाडौं, २२ बैशाख । गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

हिजो राति जोहाङ्गको आइसोलेसनमा उपचार गर्न ल्याउने क्रममा बाटैमा मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष सुवर्ण शाही शेरचनले बताइन् । यो सहित सो गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जना पुरुषको ज्यान गएको छ । जिल्लाभर दोश्रो लहरमा १२ जनाको र यस अघि १३ सहित २५ जनाको मृत्यु भएको कार्कीले बताए ।

त्यस्तै, उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका एक वृद्ध सहित कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । सुन्दरहरैँचाका ५४ र विराटनगरका ६७ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ः१५ बजेतिर मृत्यु भयो । मङ्गलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएका उनको आठ घण्टामै मृत्यु भएको हो । मृ’तकको घाँटीमा क्यान्सरको पुरानै समस्या रहेको जानकारी दाहालले दिए ।

त्यस्तै विराटनगर महानगरपालिका–१२ घर भएका ६७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण देखिएका उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउनसाथ आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि सङ्क्रमित पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको दाहालले बताए । मृ’तकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको दाहालले बताए । दुवै मृ’तकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook