ट्रक ठो’क्किँदा स्तम्भ भाँचियो

ट्रक ठोक्किएर स्तम्भ भाँचियो

विराटनगर, २२ बैशाख । मा’दक पदार्थ सेवन गरेका चालकले तीव्र गतिमा चलाएको ट्रक ठो’क्किँदा विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । दक्षिण तर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको खाली ट्रकले स्तम्भलाई राति ९ः३० बजेतिर ठ’क्कर दिँदा दुर्घ’टना भएको हो ।

ठ’क्कर बाट रड, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको स्तम्भ भाँचिएर पूरै क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लब अफ विराटनगरले उक्त स्तम्भ बनाएको थियो ।

दुर्घ’टना गराउने ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका– ६ का २५ वर्षीय पदम ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनले मापसे गरेको पत्ता लागेको छ । दुर्घ’टना गराउने ट्रकका चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook