प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण हुँदै

प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण हुँदै

काठमाडौं, २२ बैशाख । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण आज हुने भएको छ । यही वैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएको पूर्वसन्ध्यामा संघीय संसदमा उपस्थित हुने सम्पूर्ण पक्षको कोरोना परीक्षण गर्न लागिएको हो ।

नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ । सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण गर्न लागिएको हो ।

यस्तै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आवद्ध पत्रकार, स्वकीय सचिवालयका कर्मचारी, ट्राफिक, बम डिस्पोज र जाँच गर्ने सुरक्षाकर्मी र अन्य सम्बन्धित व्यक्तिको कोभिड–१९ को पीसीआर परीक्षण पनि गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन चाहेपछि संसद अधिवेशन २७ गतेका लागि बोलाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook