इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सकिने

esewa - इसेवा

काठमाडौं, २२ बैशाख । इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सकिने भएको छ । उपभोक्ताले यो सेवासँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङ मार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पनीले आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।

एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवा लिएको हुनुपर्ने कम्पनीले जनाएको छ । इसेवामा र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यी दुवै ठाउँमा मोबाइल नम्बर फरक परेमा इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिने कम्पनीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook