गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङको कोरोनाको नतिजा पोजेटिभ

पृथ्वीसुब्बा गुरुङ

पोखरा, २२ बैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ । प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो ।

प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेश सम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले टाउको दुखाइ र ज्वरो बढेपछि गरिएको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट समेत गराएका छन् । पीसीआर परिक्षणको रिपार्ट आज आउने बताइएको छ ।

यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर ४ दिनदेखि आइसोलेसनमा छन् । मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको आइसोलेसनमा छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक