तनहुँमा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा

लकडाउन

दमौली, २२ बैशाख । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहायक प्रजिअ बरालका अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाबाहेक अन्य क्षेत्रमा अतिआवश्यक कार्य र सेवाबाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडास्तर र टोलस्तरमा यसअघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राख्न १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको छ । स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिय बनाई समय–समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने एवं अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ । बैठकले पिसिआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist