कोरोना संक्रमणका कारण डोटी र पर्सामा थप एक/एक जनाको मृत्‍यु

कोरोनाबाटै मृत्यु

काठमाडौं, २२ बैशाख । डोटीमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोटीको आईसुलेसन कक्षमा उपचारत आर्दश गाउँपालीका वडा नम्बर २ का ६२ बर्षिय पुरुषको संक्रमणका कारण ज्यान गएको जिल्ला अस्पताल डोटिले जनाएको छ ।

१८ गते स्वाव संकलन गरि २० गते कोरोना संक्रमण पुष्टि भएका उनको आज बिहान ७:०९ मा जिल्ला अस्पताल डोटीमै ज्या’न गएको अस्पतालका कारोना फोकल प्रसन राजेन्द्र फुलाराले बताए ।

त्यस्तै, पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनिया बाट पीडित वृद्धको श्वासप्रश्वासमा ग’म्भीर समस्या आउँदा मृत्यु भएको जनाए ।

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको बताए । कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालको आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको डा. दासले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक