सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

निषेधाज्ञा

सुनसरी, २२ बैशाख । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले चेन ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको उनले जानकारी दिए । पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनसरीमा यसअघि सवारी साधनको हकमा कायम गरिएको जोर, बिजोर प्रणालीसमेत हटाइएको उनले बताए । अत्यावश्यक सेवाबाहेक अन्य सवारीका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

अत्यावश्यकको सूचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख गर्दै उनले यसको उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग निवारण ऐन, २०२० अनुसार कारवाही गर्ने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक