कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्‍यु

death

काठमाडौं, २२ बैशाख । गुल्मीमा कोरोना संक्रमणबाट ३ जनाको ज्यान गएको छ । गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा सत्यवती गाउँपालिका ७ जुनियाका ६९ बर्षीय पुरुषको बाटैमा मृत्यु भएको थियो ।

रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ गुल्मीका ४५ बर्षीय पुरुषको हिजो साँझ ९ बजे र गुल्मी कै कालिगण्डकी गाउँपालिका ७ का ५५ बर्षीय पुरुषको विहान ३ बजे कोरोना संक्रमणबाट ज्यान गएको छ । उनिहरु दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यता, गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका-७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्‍यु भएको छ । उनी २१ गते कोरोना संक्रमित भएको र मुटुको विरामी समेत थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook