तपाईंको आज : २०७८ जेठ २१ शुक्रवारको राशिफल

राशिफल - rasifal

२०७८ जेठ २१ शुक्रवार, दशमी – निर्दोष बालबालिका माथि अ’त्याचार वि’रुद्धको दिवस – 04 Jun 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आउने अवसरलाई सही रूपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रूपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग छ । पढाइलेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरी भरसक लुकाउने प्रयास गर्नुहोला, अरूले आलोचना गर्न सक्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – पति पत्नीका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्य धन सङ्ग्रह गर्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला, घाटा लाग्न सक्छ । विद्यामा सन्तोषजनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरुबाट धोका हुनसक्छ, सजग रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छातीसम्बन्धी समस्या आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा मायाप्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घरपरिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –   व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइलेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक