बुटवल स्थित कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव

कोरोना अस्पताल

काठमाडौं, २३ बैशाख । कोरोना संक्रमितको चाप बढेसँगै बुटवल स्थित कोरोना विशेष अस्पतालमा बिरामीहरूलाई अक्सिजन पुर्‍याउनै मुस्किल हुन थालेको छ । अब केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने अस्पतालले जनाएको छ ।

बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसो सम्म मात्रै पुग्ने लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले बताए । कोरोना बिशेष अस्पतालमा दैनिक १ सय ५० सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।

‘बुधबार साँझ ६० वटा मात्रै सिलिन्डर झर्‍यो,’ उनले बिहीबार बिहान भने, ‘अहिले १० वटा मात्र बाँकी छ ।’ उक्त अक्सिजन १ देखि २ घण्टालाई मात्र पुग्ने उनले जनाए ।

अस्पतालले भेन्टिलेटर, आईसीयू, अक्सिजन बेड गरी ५४ र इमर्जेन्सी बेड तथा भुइँमा समेत गरी थप ५२ बिरामीलाई अक्सिजनको सहायताले उपचार गरिरहेको छ । अक्सिजन अभावबारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रीलाई समेत जानकारी गराइएको गौतमले बताए ।

‘सिडिओसावलाई जानकारी गराइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ,’ डाक्टर गौतमले भने ‘दाङ्गमा एक हप्ता अघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न ।’

विरामीहरु बेड अभावमा भुईँमा लडिरहेको दृश्य शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए । ‘गत वर्ष अस्पताल आफैले त्यहाँ उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो । त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं,’ डाक्टर गौतमले भने । उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook