वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

काठमाडौं, २३ बैशाख । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन् । मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो ।

कोरोना संक्रमित भएका कारण केही दिन अगाडि मात्र अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले फेरि अस्पताल भर्ना भएका हुन् । श्रेष्ठसँग आफ्नो दैनिक ३, ४ पटक कुरा हुने भएकोले अहिले उहाँको अवस्था चिन्ता लिनुपर्ने नरहेको कलाकार हरिवंश आचार्यले खुलाए ।

गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठ केही अगाडि मात्र डिस्चार्ज भएका थिए । उनको छातीमा संक्रमण देखिएको चिकित्सकले जानकारी दिएका थिए । अहिले फेरि उनी सोही अस्पताल भर्ना भएका हुन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक