बिल गेट्सले गरे मेलिन्डाको नाममा २.४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण

bill gates with wife

सम्बन्ध विच्छेद घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २ दशमलव ४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण गरेका छन । दुई दिनअघि २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन उक्त शेयर पनि मेलिन्डाको नाममा हस्तान्त्रण गरिएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

आफ्नो नाममा शेयर हस्तान्तरण सँगै मेलिन्डा दुई मेक्सिकन कम्पनी बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो शेयरहोल्डर बनेको पनि जनाइएको छ । गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको केही शेयर पनि मेलिन्डाको नाममा सारेको जनाइएको छ ।

कुनै बेला संसारकै धनी व्यक्तिको हिलो सूचीमा रहेका माइक्रोसफ्ट कम्पनीका मालिक गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति छन । उनिसँग १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । तीन सन्तान अभिभावक बिल र मेलिन्डाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमा भने सम्बन्ध विच्छेद पछि पनि सँगै काम गर्ने प्रष्ट्याइसकेका छन ।

यसअघि, अर्का अर्बपति अमेजनका मालिक जेफ बेजोस दम्पत्तिको पनि सम्बन्ध विच्छेद भएको थियो । उनिहरुबीच पनि सम्पत्ति भागबण्डा गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक