नेपाल बाहिरिएपछि जब शीतल निवासमा पुगे ओली…

शीतल निवास

काठमान्डाैं, २४ बैशाख । सत्तारूढ एमाले भित्रको वि’वाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी सँग बिहीबार अलग-अलग भेट गरेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले पटक-पटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टी भित्रको वि’वादका बारेमा कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको वि’वाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए ।

नेता नेपाल शीतल निवासबाट बाहिरिए लगत्तै ओली त्यहाँ पुगेका थिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली मन्त्रि परिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् । साँझको भेटमा एमाले भित्रको वि’वादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ । नागरिक दैनिकबाट

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक