सलमानको ‘राधे’ ले गर्ने कमाई अक्सिजनको सिलिन्डर, औषधी र भेन्टिलेटर किन्न खर्च गरिने

सलमान खान

१३ मेबाट प्रदर्शनमा आउदै गरेको अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधेः योर मोस्‍ट वान्‍टेड भाई’ फिल्मले हल र ओटीटीबाट गर्ने कमाई कोभिड १९ को राहत कार्यमा खर्च गरिने भएको छ । ‘गिव इन्डिया’ सँगको सहकार्यमा फिल्मले गर्ने आम्दानी अक्सिजनको सिलिन्डर, औषधी र भेन्टिलेटर किन्न खर्च गरिने जी इन्टरटेनमेन्ट र सलमान खान फिल्म्सले जनाएको छ ।

यस्तै, कोरोनाका कारण रोजगारी गुमेर समस्यामा रहेका मजदूरहरु पनि आर्थिक सहयोग गरिने बताइएको छ । भारतमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा थिएटर र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुन लागेको यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमानका अलावा दिशा पाटनी, रणदीप हुडा, ज्याकी श्राफको पनि मुख्य भूमिका रहेको छ । यो फिल्मलाई १३ मेमा घरमै बसेर जीप्‍लेक्‍स, एयरटेल टिभी, डीटूएच र टाटा स्‍काईमा ‘पे पर भ्यूु’ फर्मेटमा हेर्न सकिनेछ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक