बाँकेमा एकैरातमा थप ८ संक्रमितको मृत्यु

कोरोनाबाटै मृत्यु

बाँके, २४ बैशाख । कोभिड १९ संक्रमणको हटस्पट बनेको लुम्विनी प्रदेशको बाँकेमा मृत्तकको संख्या निरन्तर बढिरहेको छ । जिल्लाका अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये गएराती पनि आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना जिल्ला बाहिरका छन् भने ६ जना नेपालगन्ज उपमहानगरका नागरिक हुन् । डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बारबर्दिया ६ का ३७ वर्षिय पुरुषको बिहिबार राती ९ बजे मृत्यु भएको छ भने गत बैशाख २ गते भेरी अस्पता भर्ना भएकी टिकापुर कैलालीकी ४८ वर्षिया महिलाको राती ११ः३० बजे मृत्यु भएको छ ।

त्यसैगरि २३ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज ६ की ३४ वर्षिय पुरुषको राती १ः३० बजे, २१ गते भर्ना भएकी ५६ वर्षिया महिलाको राती २ बजे, नेपालगन्ज ३ का ५० वर्षिय पुरुषको बिहान ३ बजे, तथा १६ गते भर्ना भएकी नेपालगन्ज १२ की ६० वर्षिया महिलाको ३ः३० बजे मृत्यु भएको छ ।

त्यस्तै २१ गते भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ५४ वर्षिया महिलाको बिहान ६ बजे तथा २० गते भेरीमा भर्ना भएका नेपालगन्ज ६ का बिहिबार साँझ ६ः५० बजे मृत्यु भएको बाँकेका फोकलपर्शन तेज ओलीले बताए ।

योसँगै बाँकेमा जिल्लाभित्रमा मात्रै मृत्यु हुनेको संख्या १६९ जना पुगेको छ भने जिल्ला बाहिरका १३० जनाले बाँकेमा उपचारका क्रममा ज्यान गुमाएका छन् ।

त्यस्तै , बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडा अध्यक्ष समेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक