प्रयोग विहीन सिलिण्डरको खोजी गर्दै प्रहरी

oxygen cylinder - सिलिन्डर अक्सिजन

काठमाडौं, २५ बैशाख । प्रहरी परिसर ललितपुरले जिल्लामा रहेका प्रयोग विहीन सिलिण्डरको खोजी कार्य सुरु गरेको छ । बिहीबार जिल्लाका विभिन्न स्थानबाट १५९ वटा संकलन गरिएको परिसर प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

प्रयोग विहीन अवस्थामा स्टक गरिएका सिलिण्डरहरु संकलन गरी अति आवश्यक अस्पतालहरुमा बुझाएको छ । यस्तै जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको हालको अवस्था, उद्योगीहरुको रोटेसनमा नरहेका अक्सिजन सिलिण्डरहरुको विवरण समेत माग गरेको छ ।

प्रहरीले स्टक र डम्प भई बसेका सिलिण्डरहरुको खोजी कार्य तीव्ररुपमा गरिरहेको पनि जनाएको छ । संकलन गरिएका सिलिण्डर मध्ये पाटन अस्पतालमा ५० थान, किस्ट मेडिकल कलेजमा ३० थान, वज्रवाराही अस्पतालमा १० थान र अल्का अस्पताल जावलाखेलमा १५ थान बुझाएको छ ।

त्यस्तै, झापाका विभिन्न स्थानबाट खाली तथा भरी गरेर १३३ वटा सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९०, धुलाबारी क्षेत्रबाट १९, दमक र काकरभिट्टा क्षेत्रबाट १२/१२ ओटा सिलिण्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

कोरोना भाइरसका कारण संक्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिण्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेको अक्सिजनका सिलिण्डर प्रहरीले संकलन गरेको उनले बताए । संकलन गरिएका सिलिण्डरहरु दमकको मातृका ट्रेडर्स, बिर्तामोडको कपुरी ब्रदर्स लगायत सप्लायर्सहरुमा रिफिलको लागि पठाइएको र कोभिडका बिरामी उपचार हुने अस्पतालहरुमा ती सिलिण्डर प्रयोग गरिने डिएसपी थापाले जानकारी दिए । अन्य स्वास्थ्य संस्थाहरुमा प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने उनको भनाइ छ ।

यता प्रहरीले कास्कीको पोखराबाट १ सय ८७ वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ । पोखरा स्थित मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज र ग्यास वेल्डिङ गर्ने ठाउँबाट प्रहरीले अक्सिजनका सिलिण्डर संकलन गरेको हो । संकलित सिलिन्डर अक्सिजन उत्पादक कम्पनीलाई हस्तान्तरण गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

कोभिड–१९ मा अत्यावश्यक अक्सिजन पोखराका अस्पतालमा अभाव हुन नदिन पछि फिर्ता गर्नेगरी प्रहरीले संकलन गरेको हो । अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक