पानी सहित परेको चट्याङ लागेर १ जनाको मृत्यु, २ जना घाईते

च'ट्या'ङ

मोरङ, २६ बैशाख । आज बिहान पानी सहित परेको चट्याङ लागेर मोरङको छुट्टा छुट्टै स्थानमा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोलाका ३० बर्षीय प्रबिन माझीको चट्या’ङमा परी मृत्यु भएको छ ।

बारीमा काम गरिरहेका बेला चट्या’ङ लागेर ग’म्भिर घा’इते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरियाका ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय जाननारा खातुन चट्या’ङ लागी घा’इते भएका हुन् । उनीहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक