पोखरामा कोरोना संक्रमण बाट थप ११ जनाको मृत्यु

कोरोनाबाटै मृत्यु

पोखरा, २६ बैशाख । पोखरामा कोरोना संक्रमण बाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण बाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ । उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११:३० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो । स्याङजाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २१ गते संक्रमण भेटिएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका– ९ की ३१ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा यही बैशाख १८ गते संक्रमण देखिएको थियो । यस्तै म्याग्दी जिल्लाको मालिका गाउँपालिका –५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङजा गल्याङ नगरपालिका –३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण देखिएको थियो । यस्तै पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २३ मा कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका १२ की ३५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १६ मा कोेरोना संक्रमण देखिएको थियो । त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका १३ का ४२ वर्षीय पुरुषको समेत उपचारका क्रममा पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २१ गते कोरोना देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक