अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण

वर्षा राउत

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ । नयाँ भेरियन्टको संक्रमण फैलिएसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्दो छ । एक दिनमै ९ हजारभन्दा बढी संक्रमित र ५० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ । देशभरका अस्पताल कोरोनाका बिरामीले भरिएका छन् । कति अस्पतालमा बिरामीलाई उपचार गर्नका लागि शय्या समेत छैन ।

यसैबिच, अभिनेत्री बर्षा राउत पनि कोरोना संक्रमित भएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएकी बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।

शनिवार सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् । उनले स्वाद, गन्ध हराएको र रुघा खोकीबाहेक आफ्नो स्वास्थ्यमा अरु समस्या नभएको उल्लेख गरेकी छन् । उनले चाँडै निको भएर सामान्य जीवनमा फर्किने आफ्ना शुभचिन्तकहरुलाई विश्वास दिलाएकी छन् । अहिले उनी होम क्वारेन्टिनमा छिन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक