पर्सामा थप ७ कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

death

पर्सा, २७ बैशाख । पर्सामा थप ७ कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दावासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ः०० बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ः०० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबारे दिउँसो १२ः१० बजे, नेशनल मेडिकल कलेजको अस्थायी कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक