एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई परिक्षा

काठमाडौं, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । आज बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगित गरिएको परीक्षाको मोडालिटीमा कहिलेबाट सञ्चालन गर्ने भन्ने बारे आगामी १५ दिनभित्र बोर्ड सदस्यहरूले आ–आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक