छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर ह’त्या गरेको आ’रोपमा साह पक्राउ

आगलागी

सर्लाही, २७ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आ’रोपित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक साता अघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर ह’त्या गरेको आ’रोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर ह’त्या गरेको आ’रोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार यही वैशाख २० गते घर अगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साह माथि आ’रोप छ ।

शरीरको अधिकांश भाग ज’लेर ग’म्भीर घा’इते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक