नेपाल उद्योग परिसंघद्धारा सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

nepal uddyog parishangh

काठमाडौं, २८ बैशाख । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सरकारलाई २०० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । मंगलबार परिसंघका पदाधिकारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेट गरी ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

कन्सन्ट्रेटर हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिषकुमार मोरले राष्ट्रको संकटका बखत नेपालको निजी क्षेत्र सँधै सरकारकै साथमा रहने बताउँदै कोभिड–१९ को तिव्र संक्रमणका बीच अक्सिजन अभावमा छटपटाई रहेका बिरामीलाई केही राहत पुग्ने बताए ।

परिसंघले कोभिडको दोस्रो लहर फैलिएसँगै संक्रमितहरुको उपचारमा आवश्यक अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक