सुदूर पश्चिम प्रदेशमा एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाबाटै मृत्यु

कैलाली, २८ बैशाख । सुदूर पश्चिम प्रदेशमा मंगलबार एकै दिन ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी कंचनपुरमा १६ जनाको मृत्यु भएको छ । यस्तै कैलालीमा १० जना, बझाङमा २ जना, अछाम बैतडी र डडेल्धुरामा १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालय दिपायलले जनाएको हाे । यो संगै सुदूरपश्चिम प्रदेशमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीका अनुसार ३७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८७ जनामा पोजेटिभ रिपोर्ट आएको र तीमध्ये १९ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५० जनाको पिसिआर परीक्षण हुँदा ७ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको र त्यसमध्ये १२ जनाको मृत्यु भएको उनले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook