कोभिड–१९ संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु

Covid-19-death

बागलुङ, २८ बैशाख । कोभिड–१९ संक्रमणबाट बागलुङ जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीया वृद्धाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो भने बागलुङ नगरपालिकाका ७७ वर्षीया वृद्धको मंगलबार साँझ होम आइसोलेसनमा मृत्यु भएको छ ।

वृद्धामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र श्वासप्रश्वासमा समस्या आएपछि धौलागिरी अस्पतालमा भर्ना गर्ने क्रममा मृत्यु भएको हो । मृत्यु हुनुपूर्व परीक्षणका लागि स्वाब संकलन भएको थियो । वृद्ध २२ गते हर्नियाको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धको शव परिवारलेनै व्यवस्थापन गरेको छ । योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

11 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook