ट्याक्सी दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु

दुर्घटना

बागलुङ, २९ बैशाख । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घा’इते भएका छन् । बुर्तिबाङ बाट ढोरपाटन तर्फ जाँदै गरेको ध १ ज ५२८ नंबरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दु’र्घट’ना भएको हो ।

ट्याक्सी दु’र्घट’ना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । दु’र्घट’नाको कारण भने खुल्न सकेको छैन ।

दु’र्घट’नामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घा’इते भएको वन्तको भनाइ छ । घा’इते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक