राष्ट्रपति भण्डारीद्वारा नर्सको उच्च प्रशंसा

बिद्यादेवी भण्डारी

काठमाडौं, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको ल’डाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन । उनले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन ।

‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको ल’डाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिले भनेकी छन् ।

आज नेपालसहित विश्वभरि नै ‘नर्स नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक