चितवनमा कोरोना संक्रमित ८ जनाको मृत्यु

मृत्यु

काठमाडौँ, २१ बैशाख। चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । 

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण यही वैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहानमृत्यु भएको हो । 

सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान  मृत्यु भएको अस्पतालले जनाएको छ ।

वर्दघाट–सुस्ता पश्चिम सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । 

भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति मृत्यु भएको हो । 

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

12 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook