भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०५ जनाले कोरोनाकै कारण ज्यान गुमाए !

भारत bhaarat

भारातमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण हालसम्मकै धेरै मानिसको ज्यान गएको छ । बुधबार सार्वजनिक आँकडाअनुसार एकैदिन चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसअघि, मंगलबारको तथ्यांकानुसार एकैदिन चार हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । त्यसमध्ये करिब ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।

मृतकको संख्या बढिरहँदा दैनिक संक्रमितको संख्या भने ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook