प्रधानमन्त्रीका लागि देउवाले राष्ट्रपति समक्ष दाबी पेस गर्दै

शेरबहादुर देउवा

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी गरेका हुन् ।

कांग्रेसले एमालेका माधवकुमार नेपाल पक्षका नेताहरुसँग पनि पहल जारी राखेको छ । आज मात्रै देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।

देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ । मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो ।

देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दियो । देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

13 hours ago

DeeYan Media
New Teej Song 2021www.youtube.com/watch?v=jUX0fl2cCcs ... See MoreSee Less
View on Facebook