चितुवाको छा’ला सहित एक जना पक्राउ

पक्राउ

काठमाडौं, ३० बैशाख । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छा’ला सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् ।

७ फिट ६ ईन्च लामो चितुवाको छा’ला बोकेर भे ४ प ४८८७ नम्बरको मोटरसाइकलमा जाजरकोट जाँदै गरेका खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको हो । बुधवार दिउँसो पक्राउ गरेर उनी माथि अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक