तपाईंको आज : २०७८ असार ४ शुक्रवारको राशिफल

राशिफल - rasifal

२०७८ असार ४ शुक्रवार, अष्टमी – 18 Jun 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रारम्भमा केही दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम दोहोर्याउनुपरे पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। लाभांशले उत्साह जगाउनेछ र आवश्यकता पूरा हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। तर, साेमवार र मंगलवार धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। सानाेतिनाे काममा अलमलिनुपर्ला। साथीभाइ र शुभचिन्तक टाढा हुनेछन्। बुधवारदेखि स्थिति अनुकूल बन्नाले दिगो काम प्रारम्भ हुनेछ।अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – सुरुमा नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोत जुट्नेछन्। बीचमा अरूको धन उपयोग गरेर पनि फाइदा उठाउन सकिनेछ। तर, केही रकम बाहिरिनाले अर्थ अभाव सामना गर्नुपर्ने देखिन्छ। बिहीवार र शुक्रवार फजुल खर्च एवं ऋण–कर्जा बढ्न सक्छ। तापनि भविष्यका लागि नयाँ कामकाे जग बसाउने अवसर जुट्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। तापनि चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउला। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा अभिरुचि जाग्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रारम्भमा केही चुनौतीसँग संघर्ष गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले अवसरबाट वञ्चित भइनेछ। अरूको स्वार्थमा समेत उपयोग हुनुपर्ला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। बुधबारदेखि स्थितिमा सुधार आउनेछ भने गुमेको स्थान पनि प्राप्त हुनेछ। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ भने काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम बन्नेछ। अप्ठ्यारो परिस्थिति सुल्झाउँदै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – सुरुमा कामको बोझले अध्ययनमा बाधा हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा आफ्नैले दुःख दिनेछन्। सोमबारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइको लक्ष्य प्राप्त नहुन सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। बुधबारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको उत्तरार्धमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – यो साता अलि संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि सोमवार र मंगलवार भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। बुधवारदेखि घरेलु समस्यामा अल्झनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – विभिन्न अवसर प्राप्त भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। भेटघाट रमाइलाे देखिए पनि स्वास्थ्यमा भने केही बाधा पर्नेछ। ठूलो भागको आशाले बनेको काम समेत दोहोर्याउनुपर्ला। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। वादविवादले मानसम्मानमा आघात पुर्याउन सक्छ। तर मिहिनेतीहरूका लागि साता उत्साहजनक नै रहनेछ। बुधवारदेखि उपहार र सुविधाका वस्तुहरू जुट्नेछन्।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक