तपाईंको आज : २०७८ असार ८ मंगलवारको राशिफल

राशिफल - rasifal

२०७८ असार ८ मंगलवार, द्वादशी – 22 Jun 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – वचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्र तपाईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णय हुनेछन् भने पछि पश्चाताप हुनेछ । पढाइ लेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाती रहनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – समयमा काम सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुने योग छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अनावश्यक खर्च बढ्ने हँुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । मायाप्रेममा मनमुटाव सिर्जना हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बिन्धित कामबाट रूपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले काम बन्ने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – गीतसङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला, आज गरीने व्यावसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना छ । धर्मकर्ममा मन जानेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – टिम परिचालन गरी व्यावसाय विस्तार गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्राप्तिको गतिलो योग छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुँदा मनग्य धन कमाउन सकिनेछ । जीवनसाथीको सहयोगले महत्त्वपूर्ण कामहरु समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – विद्यार्थीहरुले पढाइलेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मानसम्मानमा वृद्धि भएर जानेछ । सुखदुःखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रसन्न रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – पढाइ लेखाइमा मिहिनेत गरेअनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला, नराम्रो घटना हुनसक्छ । मायाप्रेममा एकअर्काबीच नचाहँदा नचाहँदै छुट्टिनु पर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा नताको आलोचनात्मक समर्थन रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरु फराकिला बनाउन सकिनेछ । घरजग्गा तथा सवारी साधनको खरिदबिक्री गरी मनग्य धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –   साहसिलो काम गर्ने जोस जाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक