चीनबाट ल्याइएको अक्सिजन सिलिण्डर, सरकार भन्छ अनुदानमा दिएको, व्यवसायी भन्छन आफूहरुले किनेको

चीनबाट ल्याइएको अक्सिजन सिलिण्डर

काठमाडौं, २ जेठ । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डरबारे सरकार र निजी क्षेत्रले आ–आफ्नै दावी गरेका छन् । सरकारका अधिकारीहरुले अक्सिजन सिलिण्डिर चीन सरकारले अनुदानमा दिएको बताइरहँदा व्यवसायीले भने ती सिलिण्डिर आफूहरुले ल्याएको दावी गरेका छन् ।

चीनको स्थलमार्ग बाट ल्याइएको १८ हजार सिलिण्डर तातोपानी आइसकेको र उक्त सिलिण्डर सरकारले ल्याउन लागेको उपप्रधानमन्त्री इश्वर पोखरेलका सल्लाहकार गणेश पाण्डेले सूचना दिएपछि व्यवसायीहरुले खासासम्म आएको सिलिण्डर निजी क्षेत्रको भएको जानकारी दिएका हुन् ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक खासामा आइसकेको ७५ सय थान सिलिण्डिर व्यवसायीहरुले किनेर ल्याएको जानकारी दिँदै त्यसैलाई अनुदानमा दिएको प्रचार उपयुक्त नभएको बताए । शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर बताएको शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक