चन्द्रागिरिमा ६० शैयाको अक्सिजन सहितको आइसोलेशन केन्द्र सञ्चालनमा

आइसोलेसन

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा ६० शैयाको अक्सिजन सहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्ट सहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजन सहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

नगरप्रमुख घनश्याम गिरीले नगरपालिका भित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । “नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजन सहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौँ”, उनले भने । दुवै आइसोलेशन केन्द्रमा चौबीसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ ।

यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पताल सँग समन्वय गरिने नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक