आज लमजुङमा २ पटक भूकम्पको धक्का महसुस, ५ घर भत्कियो, ४ जना घाइते

bhukampa

लम्जुङ, ५ जेठ । बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।

त्यस्तै, लमजुङ नै केन्द्रबिन्दु भएर फेरि ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक