नवलपरासीमा बस दुर्घ’टना, ४ जनाको मृत्यु, ४९ जना घा’इते

दुर्घटना

नवलपरासी, ५ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक खण्डमा बस दुर्घ’टना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घा’इते भएका छन् । बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडक खण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घ’टना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घ’टना हुँदा ४ जनाको घ’टना स्थलमै मृत्यु भएको र ४९ जना घा’इते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घ’टनामा परी घ’टना स्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । दुर्घ’टनामा परि घा’इते हुनेहरुको प्रहरीले उद्दार गरि ग’म्भीर घा’इतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घा’इतेहरुको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घ’टनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist