चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन

चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन

काठमाडौं, ५ जेठ । चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । उनको कोरोना संक्रमणका कारण निधन भएको हो । दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका उनको कोरोना संक्रमणका कारण निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिएका छन् ।

रुद्रपुर ८ रुपन्देहीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए । फिल्म सम्पादनको अलवा एनिमेशन, कलर करेक्सन लगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बि’स्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक